तपाईँ सुन्दै हुनुहुन्छः

१४ खर्ब नबढ्ने गरी बजेट ल्याउन काँग्रेसको सुझाव

काठमाडौं । नेपाली काँग्रेसले आगामी आर्थिक वर्षको बजेट १४ खर्ब रुपैयाँ नबढ्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको हो ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठित नेपाली काँग्रेसको अर्थतन्त्र विशेष समितिले चालु आर्थिक वर्षमा खर्च नभएको रकम र केन्द्रीय बैंकको ‘ओभरड्राफ्ट’ समेतको आँकलन गरी बजेट त्यस्तो सुुझाव दिएको आज जारी प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान नयाँ आवश्यकता र पुराना चुनौतीहरुलाई समन्वय गर्दै सीमित स्रोतका आधारमा योजना तर्जुमा गरिनुपर्ने, सार्वजनिक खर्चको पुनप्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाइ बाञ्छित सीमामा राख्नुपर्ने उल्लेख छ ।

यसै गरी समितिले कोरोना भाइरसको परीक्षणलाई ब्यापकता दिई कम्तीमा जनसंख्याको २ देखि ३ प्रतिशत व्यक्तिमा तत्काल परीक्षणको व्यवस्था गर्न र अग्रपंक्तिमा रहेर काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी तथा जोखिममा रहेका जनशक्तिहरुको आवश्यकता अनुसार जाँच गर्न सुझाव समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button