तपाईँ सुन्दै हुनुहुन्छः

जर्मन बुण्डेस लिगाः हेर्था बर्लिन क्लब विजयी

काठमाडौं । जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा हेर्था बर्लिन क्लब विजयी भएको छ ।

ओलम्पिक मैदानमा भएको खेलमा हेर्थाले एफसी युनियन बर्लिनलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा हेर्थाले चारै गोल दोस्रो हाफमा गरेको हो ।

उसका लागि इबिसेविकले ५१ औँ तथा लुकेबाकिओले ५२ औँ मिनेटमा गोल गरे ।

यसैगरी सान्तोस कार्नेइरो डा कुन्हाले ६१ औँ तथा बोयातालोले ७७ औँ मिनेटमा गोल गरे ।

पश्चिम र पूर्व बर्लिनका क्लबबीचको खेल रोमाञ्चक थियो । सन् २०१३ पछि हर्थले घरेलु मैदानमा सबैभन्दा ठुलो जित आत्मसाथ गरेको हो ।

जितपछि हेर्थाको २७ खेलबाट ३४ अंक सहित १० औँ स्थानमा छ । युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा यथावत छ ।

गत नोभेम्बरमा पूर्व र पश्चिम बर्लिनबीच भएको पहिलो बुन्डेसलिगा भेटको सुरुवाती १० मिनेट समर्थकले मैदानमै अतिशबाजी गर्दै खेल अबरुद्ध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button