तपाईँ सुन्दै हुनुहुन्छः

कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालन

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको छ ।

कोभिड– १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएर कुहिने अवस्था आएपछि नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

वडा नं १ मा रहेको बसपार्कमा आजदेखि बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी सामाजिक दूरी कायम गरी कृषि हाटबजार सञ्चालनमा आएको नगरप्रमखु छायाराम खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button