तपाईँ सुन्दै हुनुहुन्छः

आज ४ जनाको डिस्चार्ज, कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९

काठमाडौं । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चारजना कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन् । निको हुनेहरु दुई महिला तथा दुई पुरुष हुन् । नवौँ दिनको बसाइपछि उनीहरुलाई आज अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेका छन् । यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।

यसैबीच, आज पछिल्लो पटक थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।

यसअघि आजै विहान मात्रै झपामा १५ जना तथा धनकुटा र सुनसरीमा १÷१ जना गरी जम्मा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लोपटक झापामा ८ जना र रुपन्देहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा. देवकोटाका अनुसार पछिल्लेपटक संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका सबैजनाको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु मार्फत कन्ट्याक्ट टे«सिडकोकाम भैरहेको छ ।

नेपालमा हालसम्म ३८ जिल्लाका ३ सय ८३ जना पुरूष र ७० जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा गुल्मीका ४१ वर्षीय पुरुषको निधन भएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ४९ जना उपचार पछि निको भई घर फर्किएकोमन्त्रालयका प्रवक्ता डा देवाकोटाले जानकारी दिनुभयो ।

हाल सम्म नेपालमा कूल ३८ हजार ७ सय ३६ जनाको पिसीआर तथा७८ हजार ६ सय ९५ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button