तपाईँ सुन्दै हुनुहुन्छः

झापा बिर्तामोडका युवाको अग्रसरता : दैनिक सात सयलाई निःशुल्क खाना

भद्रपुर, झापा । झापा बिर्तामोडका तीनजना युवाले बिपन्नलाई निःशुल्क खाना खुवाइरहेका छन् ।

आर्थिक अभाव र गरिबीका कारण छाक टार्न नसक्ने अवस्थामा पुगेका नागरिकका लागि उनीहरुले एक सातादेखि खानाको व्यवस्थापन मिलाएका हुन् ।

नविन शिवाकोटी, अफ्रोज खान र उदय साहको अग्रसरतामा निःशुल्क खाना अभियान सुरु गरिएको हो ।

व्यक्तिगत पहलमा सुरु भएको खाना खुवाउने अभियानमा मनकारीको सहयोग पनि जुट्न थालेको छ ।

समाजका विभिन्न क्षेत्रका अगुवाले आर्थिकरुपमा सहयोग उपलब्ध गराइरहेको अभियानका नविन सिवाकोटीले बताउनुभयो । अरुले पनि सहयोग गर्न थालेपछि अभियान अघि बढाउन सजिलो भएको शिवाकोटीको भनाइ छ ।

बिर्तामोड–३ को समावेशी टोलमा दैनिक निःशुल्क खाना खुवाउने गरिएको छ । अभियानको पहिलो दिन पाँच सय ५० जनाले खाना खाएका थिए । अहिले दैनिक सात सय जनाले खाइरहेका छन् ।

बिर्तामोड नगरपालिकालाई जानकारी दिएर सामाजिक दूरी राख्दै बिपन्नका लागि खानाको प्रबन्ध मिलाएको अभियानकर्मी अफ्रोज खानले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button