तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ ।

छलफलमा भाग लिदै सांसदहरुले नीति तथा कार्यक्रम जनताको भाबनामा केन्द्रित रहेको बताउँदै कृषिको आधुनिकिकरणमा जोड दिनुले रोजगारी सिर्जनामा सहयोग पुग्ने बताउनुभयो ।

सांसदहरुले स्थानीय निकायलाई बढी शक्तिशाली र जिम्मेवार बनाउने गरी बजेट निर्माण हुनु पर्ने र अहिलेको स्वास्थ्य चुनौतिलाइ सामना गर्ने गरी सरकार तयार रहेको पाइएको बताउनुभयो ।

सांसदहरुले विकासमा गति लिन चुस्त र स्फुर्त नियमनको आबश्यकता पनि औल्याउनुभयो । उहाँहरुले सरकारले राष्ट्रियताको पक्षमा स्पष्ट अडान सार्वजनिक गरेकोमा प्रशंसा समेत गर्नुभयो ।

आज बोल्ने सासदहरुमा खिमलाल भट्टराई, तारादेवि भट्ट जग प्रसाद शर्मा, दिलकुमारी रावल, रामनारायण बिडारी, गंगाकुमारी बेलबासे,  इन्दिरादेवि गौतम,  जिबन बुढा,  खिमकुमार बिश्वकर्मा,  हरिराम चौधरी,  अगम बान्तवा, रामचन्द्र राई,  महेशम् कुमार महरा, गोपाल भट्टराई,  रामलखन चमार,  सुमित्रा बिसी,  नैनकला ओझा,  शारदादेवि भट्ट, उदया शर्मा पौडेल,  नरपति लोहार,  दीपा गुरुङ र तारामान स्वाँर हुनुहुन्थ्यो ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि विहान ११ः०० बजे पुनः बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button