तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाका पारी भारतको रुपैडिहामा दुई हजार नेपाली अलपत्र

नेपालगन्ज । बाँकेको नेपालगन्ज नाका पारी भारतको रुपैडिहामा दुई हजार नेपाली अलपत्र परेका छन् ।

दुई दिनदेखि अलपत्र परेका उनीहरुलाई उद्धार गरेर नेपाल ल्याउने विषयमा छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।

उहाले नाकामा उनीहरुको आरडिटी परिक्षण गरेर सम्वन्धित जिल्लाका पालिकाले बनाएका क्वारेन्टाइनमा पठाइने   बताउनुभयो ।

एक डेढ साता यता करिब सात सय नेपाली नेपालगञ्ज नाका भएर नेपाल प्रवेश गरिसकेका छन् । बाँकेमा अहिले भारतबाट आएका एक  हजार दुई सय २५ मानिसहरु क्वारेन्टाइनमा छन् ।

भारतबाट आउनेको सङ्ख्या बढेपछि क्वारेनटाइन बढाएर ४० पुर्‍याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button