तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा बहिरङ्ग सेवा सुचारु

नेपालगन्ज  । नेपालगन्जको भेरी अस्पतालमा बहिरंग सेवा सुचारु भएको छ । लकडाउनपछि बन्द गरिएको बहिरंग सेवा सुचारु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।

हाललाई एक दिनमा ४० जना विरामीको मात्र चेकजाँच गर्ने गरी सेवा सुचारु गरिएको उहाँले बताउनुभयो ।

भिडभाड कम गर्न तत्काललाई आंशिकरुपमा सेवा सञ्चालन गरिने डा.थापाले बताउनुभयो ।

भेरी अस्पतालमा इमर्जेन्सी, प्रसुति, ज्वरो क्लिनिक लगायत अन्य अत्यावश्यक सेवा भने नियमित सञ्चालनमै छन् ।  भेरी अस्पतालमा कोरोना परिक्षणका लागि पिसिआर मेसिनसहितको ल्याब सञ्चालनमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button