तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी पूर्व राष्ट्रपति ओबामाद्वारा ट्रम्प प्रशासनको गम्भीर आलोचना

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा ट्रम्प प्रशासनको गम्भीर आलोचनामा उत्रिएका छन् ।

४४ औं अमेरिकी राष्ट्रपति ओबामाले सार्वजनिक रुपमै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलोचना गरेका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा वर्तमान प्रशासनले गम्भीर त्रुटी गरेको उनले बताएका हुन् ।

एक हप्ताको अवधिमा दोस्रो पटक ट्रम्प प्रशासनको आलोचना गरेका ओबामाले ट्रम्प प्रशासनका केही अधिकारी त देखाउनै लागि भए पनि जिम्मेवारी उठाएको जस्तो पनि नगरेको टिप्पणी गरे ।

पूर्व राष्ट्रपति ओबामाले यो वर्ष कलेजबाट दीक्षित भएकाहरुको भर्चुअल दीक्षान्त समारोहको प्रारम्भमा सम्बोधन गर्दै उनले कोरोनाले अमेरिकामा रहेको नश्लीय विभेदलाई पनि सबैको सामुन्ने राखिदिएको बताए ।

कोभिड–१९ नियन्त्रणमा लिन ट्रम्प प्रशासनको प्रयास पर्याप्त नभएको टिप्पणी गर्दै ओबामाले महामारीले सत्तामा रहेका धेरै व्यक्तिको वास्तविकताबाट पर्दा उठाएको बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button