तपाईँ सुन्दै हुनुहुन्छः

निधन भएकी महिलाको गाउँ शील

मेलम्ची । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा शील गरिएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे ९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमणलाई रोक्न उक्त गाउँ शील गरिएको हो ।

बाह्रबिसे नगरपालिका ९ र बलेफि गाउँपालिका ८ र ९ शील गरिएको छ । ती महिलाको माइती बलेफि गाउँपालिकाको ९ मा पर्ने हुँदा उकत क्षेत्रपनि शील गरिएको हो ।

शील गरिएका ठाउँका स्थानीयलाई घरबाहिर निस्कन नदिने र उक्त ठाउँमा अरुलाई पनि जान नदिने गरि व्यवस्था गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनालाई जिम्मा दिइएको छ ।

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुलाई ञकन्ट्रयाक्ट ट्रेसिङञ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरिने समितिको बैठकले निर्णय गरेको छ ।

साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द पनि शील गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र शील गरिने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button