तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई घर तथा डेरामा बस्ने वातावरण बनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोरोना संक्रमितको उपचार तथा परीक्षणमा खटिएका स्वास्थ्यकर्मी हरूलाई सामान्य अवस्थामा जस्तै आफ्नो घर तथा डेरामा बस्ने वातावरण बनाउन सबैसंग आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्का अवसरमा आज मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्वास्थ्यकर्मीहरूले संक्रमण फैलाउन सक्ने आशंका गरी घर तथा डेरामा बस्न असहयोग हुने गरेको प्रति मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो ।

कोरोना संक्रमित बिरामीको उपचार तथा परीक्षणमा खटिने सबै स्वास्थ्य कर्मीहरूलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएको र सबैको नियमित स्वास्थ्य परीक्षण समेत भईरहेको हुनाले समुदाय तथा परिवारका सदस्यहरू भयभीत नहुन प्रवक्ता डा देवकोटाले आग्रह गर्नुभयो ।

प्रवक्ता डा देवकोटाले प्रेस ब्रिफिङ्का क्रममा दिनुभएको जानकारी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरस संक्रमितको उपचार तथा परीक्षणमा संलग्न सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्थापन सम्वन्धी मागनिर्देशन २०७७ जारी गरेको छ ।

नयाँ मार्गनिर्देशनले सम्वन्धित अस्पताललाई उपचार तथा परीक्षणका लागि आवश्यक आर्थिक श्रोत जुटाउन, आवश्यक कर्मचारीहरू खटाउन तथा उपचारमा संलग्न रहँदा कर्मचारीहरू संक्रमित हुने जोखिम कम गर्न सहयोग पुग्ने प्रवक्ता देवकोटाले बताउनुभयो ।

यसैगरी मन्त्रालयले मानव अंग प्रत्यारोपण केन्द्रका ६ वटा डाईलोसीस मेसिनहरू कोरोना भाईरसको संक्रमितका लागि छुट्याउने निर्णय गरेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button