तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभएको छ ।

भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका थिए । तर आज नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको भनाई खण्डन गर्दै फिर्ता लिन आग्रह गर्नुभएको छ ।

ट्वीटमार्फत श्रेष्ठले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भुमि भएको र भारतले नेपालको भुमिमा सडक बनाएको बताउनुभएको छ । उहाँले नेपाल आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामा अडिग रहेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button