तपाईँ सुन्दै हुनुहुन्छः

विहिवारबाट दोलखामा लक डाउन थप कडा

दोलखा। स्थानिय प्रशासनले दोलखामा विहिवार देखि लक डाउन कडा बनाउने निर्णय गरेको छ । आपसि सहमतिमा केहि दिन देखि सदरमुकाम चरिकोटमा विहान १० बजेसम्म सबै पसल खुल्ने गरेकोमा देशभर कोरोना संक्रमित बढ्दै गएपछि विहिवारबाट लक डाउन कडा गर्ने निर्णय भएको हो ।

सदरमुकाम चरिकोटमा लक डाउन खुकुलो भएको भन्दै आलोचना भै रहेको बेला बुधवार जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै विहिवार देखि बजार क्षेत्रमा औषधि पसल बाहेक अत्यावशेक मसलहरु विहान १० बजेसम्ममात्र सञ्चालन गर्ने र अन्य पसलहरु भने पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

त्यसैगरी बैङ्क तथा वित्तिय संस्थाहरु आवश्यकता अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाई सिमित रुपमा मात्र सञ्चालन गर्ने जनाईएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जारी गर्नु भएको सूचनामा गृहमन्त्रालयको निर्देशन अनुसार सवारी साधन अनुमति सम्बन्धि कार्यविधि २०७६ अनुसार जारी भएको इ पास तथा अन्य सम्पूर्ण पासहरु अर्को व्यवस्था नभएसम्म को लागि बन्द गरिएको जनाईएको छ ।
त्यसैगरी दोलखा भित्रने सिन्धुपाल्चोकको सिमाना खरीढुङ्गा नाका र रामेछापको सिमाना किर्नेटार नाकामा चेक जाँचलाई कडाई गरी सुरक्षाको भरपर्दो व्यवस्था गरेर अत्यावशेक सेवा बाहेक अन्य सम्पूर्ण सवारीसाधनहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

क्रमण रोग सम्बन्धि ऐन २०२० अनुसार जारी आदेशको अपहेलना गरिए वा त्यसमा बाधा पु¥याउन खोजिए सोहि ऐन अनुसार कार्वाहि गरिने जनाईएको छ । आदेशलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निशेधाज्ञा समेत जारी गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button