तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालबाट २ जना संक्रमित फरार

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको आईसोलेशनबाट दुई जना कोरोना संक्रमित अस्पतालबाट हाम फालेर फरार भएका छन् ।

नारायणी अस्पतालमा कोरोना संक्रमितभएपछि उपचारार्थ आईसोलेशनमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका रामनाथ यादव र वडा नम्बर २ छपकैयाका जफर हवारी आज अपरान्ह ४ बजे अस्पतालको पछाडी पट्टि रहेको दोश्रो तल्लाको भेन्टिलेशनबाट हाम फालेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

नगवा घर भएका यादवले पिसिआर परिक्षणको क्रममा आफ्नो ठेगाना वीरगञ्ज २ छपकैया लेखाएको अनुसन्धानको क्रममा भेटिएको छ । फरार कोरोना संक्रमितहरुको खोजतलास भई रहेको शाहीले बताउनु भयो ।

वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढी रहेको बेला उपचारका लागि अस्पताल भर्ना भएका संक्रमित फरार भएपछि वीरगञ्जको जनजीवन थप त्रसित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button