तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा साढे चार बजे सर्वदलीय बैठक आव्हान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साढे चार बजे सर्वदलिय बैठक बोलाउनु भएको हो ।

सीमा विवाद र कोरोना महामारीका विषयमा छलफल गर्न उहाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल,पूर्वप्रधानमन्त्री, सीमाविदलाई डाक्नु भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले सामाजिक संजाल मार्फत जानकारी दिनुभएको छ ।

नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएपछि दुई देशबीच सम्वन्धमा चिसो उत्पन्न भएको छ ।

यस्तै, पछिल्लो समय बढ्दो कोरोना माहामारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button