तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशले प्रदेशका नाकाहरूमा क्वारेन्टाइन निर्माण गर्ने

सल्यान । कर्णाली प्रदेश सरकारले प्रदेशका नाकाहरु क्वारेनटाइन निमार्ण गर्ने भएको छ ।

भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्न नाकामा क्वारेनटाइन निर्माण गर्ने भएको हो ।

कर्णाली प्रदेश कोराना, नियन्त्रण, रोकथाम उच्च स्तरिय समितिको सोमबार बसेको वैठकले भारतलगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकामा पठाइ अनिवार्य क्वारेनटाइनमा राख्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सीमा नाकाहरुबाट सवारी आवतजावतमा कडाई यथावत राख्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो ।

उहाँले महत्वपूर्ण र रोजगारमुलक निमार्णका लागि आवश्यक सामाग्री (पाइप, छड, सिमेन्ट, र निमार्ण उपकरणहरु दुवानी र ओसारपसार, गर्न पाउने, सुरक्षा सतर्कता अपनाउँदै परियोजनाहरुमा काम गर्ने जनशक्ति आवतजावतको व्यवस्था गर्ने, चामल , नुन, तेल, चिनि, जस्ता अत्वायश्यक खाद्य सामाग्री आयत गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै ग्याँस र डिजेल, पेट्रोल र औद्योगिक उत्पादनका लागि आवश्यक सामाग्री ल्याउने व्यवस्था गरेको छ ।

उहाँले कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, विजन, बेर्ना, माछाका भूरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने, सुरक्षा, सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकलाई बाली स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button