तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा काँग्रेसको ‘आपतकालीन भोजन चुलो’

डडेल्धुरा । नेपाली काँग्रेस डडेल्धुराले कोबिड १९ बाट प्रभाबित तथा जिल्लामा ज्यालामजदुरी र काम बिशेषले आउने सर्बसधारणका लागी आपतकालीन भोजन चुलो अभियान सुरु गरिएको छ ।

लकडाउनका बेला समस्यामा परेका लाई खाना खुवाउन नेपाली काँग्रेस डडेल्धुराले आपतकालीन भोजन चुलो सञ्चालन गरिएको काँग्रेस डडेल्धुरा सभापति एबम् सदुरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले जानकारी गराउनुभयो ।

भौतिक पूर्वाधार, कृषि क्षेत्र लगायतका काम सरकारले सुचारु गर्ने निर्णय गरेपछि जिल्ला सदरमुकाम पुग्नेहरुलाई खान बस्न र जिल्लामा ज्यालामजदुरी गरी खानेहरुलाई समस्या परेको भन्दै काँग्रेस डडेल्धुराले खाना खुवाउन आपतकालीन भोजन चुलो सञ्चालन गरेको हो ।

जिल्ला सदरमुकाम बागबजारमा रहेको पार्टी कार्यालय किसुन जी भवनमा काँग्रेसले शनिबारदेखि एनडि प्रकाश चटौत भोजन चुलोको नामाकरण गर्दे सञ्चालन गरेको हो ।

लकडाउनका कारण होटेल लगायत बजार सबै बन्द भएकाले स्वास्थ्य उपचार तथा अन्य महत्वपुर्ण कामले जिल्ला सदरमुकाम पुग्ने तथा अलपत्र परेकाहरुलाई सरसफाई र सामाजिक दुरी कायम गर्दै सुरक्षित तरिकाले खाना खुवाउन आपतकालीन भोेजन चुलो सञ्चालन गरेको यो सम्भबत देशभर नै पहिलो हो ।

काँग्रेस नेता टंक क्षेत्रीको संयोजकमा सेवा दल गठन गरी उक्त चुलो अभियान सञ्चालनमा ल्याएको हो । बिहान १० देखि २ बजे र बेलुकी ६ देखि ८ बजेसम्म खाना खुवाईने सेवा दल संयोजक क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button