तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सामा सर्पदंशबाट एक सातामा ३ को मृत्यु

वीरगञ्ज । गर्मीयामसँगैै मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा सर्पदंशका घटनामा वृद्धि भएको छ । सर्पदंशको कारण विगत एक साता यता वारा, पर्सा, रौतहटमा ३ जना भन्दा बढीको ज्यान गएको छ ।

समयमै उपचार नपाउँदा अधिकांश सर्पदंशका घटनामा घाइतेहरुको मृत्यु हुने गरेको चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पताल अहिले कोरोना अस्पतालको रुपमा परिणत भएपछि अस्पतालले प्रदान गर्दै आएका अन्य सेवा बन्द गरेपनि सर्पदंशको उपचार भने जारी राखेको छ ।

अस्पतालको आकस्मिक कक्षमा दैनिक ४ देखि ५ जना सर्पदंश र शंकास्पद सर्पदंशका बिरामी आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

पर्सा, बारा, रौतहटका अन्य सरकारी तथा निजी अस्पतालले सर्पदंश उपचार सेवा दिन नसक्ने भएकोले यसको उपचार नारायणी अस्पतालबाट मात्रै हुने गरेको उपाध्यायले बताउनु भयो ।

वैशाख यता नारायणी अस्पतालमा सर्पदंशका ६ जना महिलासहित ३० जनाको उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button