वीरगन्जमा कन्ट्याक्ट ट्रेसिङको काम तीव्र
बीरगंज । बीरगंजमा एउटै परिवारमा दुई महिने शिशुसहित १७ जनामा एक साथ कोरोना संक्रमण देखिएपछि संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका र भेटघाट भएकाहरुको स्वाब संकलन कार्य तिव्र रुपमा भइरहेको छ ।
अहिले नेपाल प्रहरीले बीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा संक्रमित क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङको काम तिव्र रुपमा अगाडी बढाइरहेको छ ।
टोलीले संक्रमित व्यक्तिको सम्पर्क र भेटघाट भएका एक सय ३० व्यक्तिहरुको पहिचान गरी स्वाब संकलनका लागि नारायणी अस्पताललाई जानकारी गराएको छ ।
संक्रमितको सम्पर्कमा आएका एक सय ३० जना मध्ये एउटै टोलमा बस्ने ८१ जनाको थ्रोट स्वाब संकलन गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले बीरगंजमा चार वटा टोली परिचालन गरी स्वाब संकलन गरिएको बताउदै बीरगंजको शिल गरिएको वडा नम्बर १, २, ३ र १६ को इनर्वा क्षेत्रमा क्लोज कन्टयाक्टमा आएकाहरुको दोश्रो चरणमा परिक्षण गरिने जानकारी दिनुभयो ।
बीरगंजको नारायणी अस्पतालले करिब आठ सय जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरेकोमा २८ जना संक्रमित भेटिएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।
यसैबीच बीरगंजमा संक्रमित बढेसँगै अहिले संघिय तथा प्रदेश सरकारबाट पिसिआर परिक्षणका लागि आवश्यक पर्ने नौ सय थान भिटिएम किट आज प्राप्त भएको र वीरगंजमा अझै तीन हजारभन्दा बढी पिसिआर परिक्षणका लागि भिटिएम किटको आवश्यकता रहेको बीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले बताउनुभयो ।
उहाँले अब नारायणी अस्पतालले मात्रै कोरोना संक्रमितको चाप धान्न नकसक्ने हुँदा तत्काल प्राइभेट अस्पताल अधिग्रहण गरेर भए पनि व्यवस्थम मिलाउन संघिय तथा प्रदेश सरकारसँग माग गर्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्