तपाईँ सुन्दै हुनुहुन्छः

एक जनाको मृत्युपछि तामाङ पक्राउ

मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका – ४ थाङ्पालकोटका जीदे तामाङलाइ प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

तामाङले ग्याष्ट्रीकको औषधी भन्दै जंगली जडीवुटी सेवन गर्न दिँदा सोही स्थानका एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर बिरामी परेका थिए ।

थाङ्पालकोटकी–३५ वर्षीया मीना तामाङको जडीवुटी सेवनवाट मृत्यु भएको थियो भने उनको श्रीमान अविर तामाङ अचेत अवस्थामा पाईएको र मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारको लागि ओम अस्पताल काठमाडौंमा उपचार इैरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

झारफुक गर्ने क्रममा झारफुक गर्ने व्यक्ति (झाँक्री) ले जडिबुटी भन्दै दिएको औषधी खाँदा बिरामी परेको स्थानीयको भनाइ छ । सँगै जडिबुटि खाएकी १३ वर्षीया छोरी रिया तामाङ भने सामान्य अवस्थामा रहेको निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

२१ गते राती जडीवुटी सेवन गरेका तामाङ दम्पती २२ गते अचेत अवस्तामा फेला परेका र उपचारको लागि लैजाँदै गर्दा मीनाको वाटोमा मृत्यु भएको थियो । प्रहरीले औषधी भन्दै जंगली जडीवुटी दिएका जीदेलाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको र आज अनुसन्धान नसकिएको भन्दै म्याद थप गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button