तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको दशगजामा भारतबाट आएका २१ जना अलपत्र

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयास्थित नेपाल भारत सीमाको दशगजामा २१ जना नेपाली अलपत्र परेका छन् ।

भारत र नेपालमा लकडाउन भएकै बेला उनीहरु चोर बाटो हुँदै नेपाल प्रवेश गरेका हुन् ।

भारतका बिभिन्न शहरमा रोजगारीका लागि गएका उनीहरुलाई भारत फिर्ता पठाउने वा नेपालमै क्वारेन्टाइनमा राख्ने भन्ने बिषयमा सरकारको निर्देशन कुरिरहेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।

उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button