तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका ९३ जना भारतको रामपुरमा ३६ दिनदेखि अलपत्र

बझाङ । बझाङको थलारा गाँउपालिका घर भएका ९३ जना भारतको रामपुरमा रोकिएका छन् । उनीहरु त्यहाँ रोकिएको ३६ दिन भएको जनाइएको छ ।

त्यहाँ १३ जना महिला सहित बालबालिका बृद्ध बृद्धा समेत छन् । क्यारेन्टाइनमै एक जना महिला दुई हप्ता अगाडी सुत्केरी भएकी पनि बुझीएको छ ।

भारतको विभिन्न क्षेत्रवाट घर आउनका लागी हिडेका उनीहरु नेपाल भारत लकडाउ भएर आवत जावत बन्द गरेपछि चैत्रको दा्रेसो साता प्रहरीले रोकेको हो । रामपुरको एक सार्वजनिक घरमा बनाएको क्यारेन्टाइनमा राखिएका उनीहरुलाइ त्यहाँको प्रहरी प्रशासनले सामान्य पुरी खान दिएपनि बस्न खान साह्रै समस्या भएको भरत थापाले जानकारी दिनुभयो ।

उनीहरुले बाथरुमको पानी खाने गरेको, खान, बस्न र मानसिक तनावले धेरैको स्वास्थ्य समस्या भएको दुखेसो राखेका छन् ।

थलाराका रामपुरमा रोकिएकाहरुले थलाराका जनप्रतिनिधिहरुले आफुहरु नेपाल फिर्ता गर्नका लागी कुनै पहल चाँसो नगरेको दुखेसो राखेका छन् ।

उनीहरुले पत्रकार र मानवअधिकारकर्मीहरुलाई पनि नेपाल आउनका लागी पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button