तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा एकैदिन ५६ जनाको स्वाब संकलन

बाँके । बाँके नरैनापुर गाउँपालिका क्षेत्रबाट कारोना संक्रमण जाँचका लागि शुक्रवार ५६ जनाको स्वाब संकलन भएको छ ।

नरैनापुर गाउँपालिकाको ६ वटै वडाका धार्मिक स्थलबाट पुजारी, मौलाना सहित ५६ जनाको स्याम्पल संकलन गरिएको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।

मस्जिद मदरसाबाट ३१ जना, क्वारेन्टीनबाट १६ जना, दुई जना स्वास्थ्यकर्मी र ७ जना पुजारीको स्याम्पल संकलन गरिएको हो । संकलन भएको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा पीसीआर जाँचका लागि पठाइएको स्वास्थ्य संयोजक मोइन खानले जानकारी दिनुभयो ।

बाँकेमा दुई जनामा कोरोना संक्रमण देखिएकोमा एक जनामा पोजेटिभ पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोलीले धार्मिक स्थल, मदरसा लगायत स्थानमा सेवा प्रवाह गरिरहेका धर्मगुरु, पुजारीको स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button