तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसविरुद्ध सक्रिय स्थानीय तह

सल्यान । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सल्यानका दश वटै स्थानीय तह सक्रिय भएका छन् । गाउँगाउँमा सचेतना जगाउन घरदैलोदेखि प्रतिकार्य योजना बनाएर सचेतनामुलक कार्यक्रम सञ्चालन गरी रहेका छन् ।

राहत वितरणदेखि तथ्यांक संकलन साबनु, मास्क वितरण लगायतका विभिन्न कार्यमा स्थानीय सरकार सक्रिय भएका छन् ।

सल्यानका तीन नगरपालिका सहित सात गाउँपालिकाले ८३ वटै वडामा कोरोनाविरुद्धको पुर्व तयारीलाई निकै गम्भिरताका साथ अघि बढाएको पाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

वडा अध्यक्षको नेतृत्वमा आपतकालिन उद्दार टिम गठन, अन्य मुलुकबाट आएकाको लगत संकलन गरी अध्यावधिक, स्वास्थ्य संस्थाहरुमा पीपिई सेटलगायतका आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको दार्मा गाउँपालिका अध्यक्ष नीम बहादु केसी अरुणले बताउनुभयो ।
कर्मचारी र जनप्रतिनिधिको लतव भत्ता विपद् कोषमा जम्मा गर्ने र क्वारेनटाइनमा बसिरहेका व्यक्तिहरुको नियमति स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको उहाँको भनाई छ ।

हालसम्म कोरोना विपद् कोषमा ८६ लाख राहत कोष स्थापना गरी सकेको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गाउँपालिकाका सात वटै वडामा ४३ शश्याको क्वारेनटाइन निमार्ण गरेको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले बतउनुभयो ।

तत्काल रेस्क्यु गर्न दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको र महामारी अवधिभर एक एम्बुलेन्स सल्यान जिल्ला अस्पतालमा राखिएको अध्यक्ष केसीको भनाई छ ।

रोजगारी तथा अन्य पेशा व्यवसायका लागि भारत, तेस्रो मुलुक र अन्तर जिल्लाबाट भित्रिएका नागरिकहरुको तथ्यांक संकलन, उनीहरुलाई क्वारेनटाइनमा राख्ने तथा स्वास्थ्य सम्बन्धी परामर्श दिने काम गरी रहेको अध्यक्ष केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button