तपाईँ सुन्दै हुनुहुन्छः

किलोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या

मेलम्ची । हेलम्बु गाउँपालिका ७ बंगारेमा एक जनाको हत्या भएको छ ।

बिहिबार दिउँसो राम बहादुर तामाङले ३० वर्षीया श्रीमती अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको वडाध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिनुभयो

निज राम बहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेका थिए ।

गत वर्षदेखि उनलाई औषधिले काम गर्न छाडेको परिवारले भन्दै आएको अध्यक्ष घिमिरेले बताए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरी ले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button