तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा १४ दिन बसेका ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि बाटो खर्चसहित बिदाइ

बीरगंज । बाराको विश्रामपुर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा १४ दिन पुरा गरेर पिसिआर परिक्षण गर्दा नेगेटिभ भेटिएपछि ३२ जनालाई आज आ–आफ्नो घरतर्फ पठाइएको छ ।

लकडाउनको समयमा नेपाल भारत खुला सिमा क्षेत्रबाट प्रवेश गरेका ३२ जनालाई गाउँपालिकाले नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखेको थियो ।

क्वारेन्टाइनमा राखेका मध्ये ३१ जना भारतीय नागरिक रहेको र एक जना नेपाली रहेको विश्रामपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जानकारी दिनुभयो ।

नेपालबाट भारत जाने भारतीय नागरिकलाई काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त पिसिआर रिपोर्ट र गाउँपालिकामा १४ दिन क्वारेन्टाइनमा बसेको सिफारिस पत्रसहित भारतको आ–आफनो ठेगानामा जानका लागि पठाइएको स्वास्थ्य शाखाका प्रमुख हुसेनले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेकाहरुलाई घर पुग्ने बाटो खर्चसमेत गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालले बताउनुभयो ।

विदाई कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष शिवचन्द्र यादव, सशस्त्र प्रहरी बल विश्रामपुरका प्रमुख, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button