तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा कोभिड–१९को आशङ्कामा पाँच जना कोरोना अस्पतालमा भर्ना

पर्वत । पर्वतमा कोरोना भाइरस (कभिड–१९) संक्रमणकोे आशंकामा पाँच जनालाई कोरोना अस्थाइ अस्पतालमा भर्ना गरिएको छ ।भारतबाट र भारतीय सिमाना जोडिएका जिल्लाबाट आएका उनीहरुलाई अस्पतालमा भर्ना गरि स्वाव परिक्षण गर्न थालिएको हो ।

अस्पतालमा भर्ना गरिएका पाँच जना बैशाख १४ गते गाउँपालिका प्रबेश गरेको पैयँु गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिनुभयो ।उहाँका अनुसार पाँच जना मध्ये चार पुरुष र एक महिला रहेका छन् ।

उनिहरु पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन । पैयँु गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २९ बर्षिय पुरुष, २७ बर्षिय महिला र २३ बर्षिय पुरुष रहेका छन् भने वडा नम्बर ५ चिसापानीका एक २२ बर्षिय र अर्का २० बर्षिय पुरुष रहेका छन् ।

उहाँले उनिहरु दुई जना भारत, दुई जना नबलपरासी र एक जना तनहुँबाट आएको पनि जानकारी दिनुभयो ।

पाँचै जनालाई आज कोरना अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.शिशिर देबकोटाले जानकारी दिनुभयो ।

उहाँले उनिहरुमा कुनै लक्ष्यण नदेखिएको बताउनुभयो । आज स्वाव परिक्षणको रिपोर्ट आउने डा.देवकोटाले जानकारी दिनुभएको छ ।

त्यस्तै पर्वतमा आज सम्म तीन सय ६३ जनाको र्यापिड डाईग्नोष्टिक परिक्षण र ७९ जनाको पिसिआर बाट स्वाव परिक्षण गरिएको छ ।

जाँच गरिएका कसैमा पनि कोरोना नभएको अर्थात नेगेटिभ रिपोर्ट आएको पर्वत अस्पतालले जनाएको छ ।

डा.विष्णु भण्डारीले परिक्षणलाई आधार मान्दा अहिलेसम्म पर्वत कोरोनाबाट सुरक्षित रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button