तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाईनमा बस्नेको संख्या बृद्धि

जनकपुरधाम । प्रदेश नंं २ मा विभिन्न ठाउँमा कोरोनाको पोजेटिभ बिरामी फेला परेसंगै क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा बस्नेहको संख्या बढेर गएको छ ।

खास गरेर बिरामीको सम्पर्कमा आउनेहरुको खोजी गरी क्वारेन्टाईनमा राख्ने क्रममा सक्रियता बढेपछि अहिले दुवै प्रकारको क्वारेन्टाईनमा शंकास्पद व्यक्तिहरु बस्ने संख्यामा बृद्धि भएको प्रदेश नंं २ का सामाजिक विकासमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

प्रदेश नं. २ मा रहेको १ सय ७६ क्वारेन्टाईन रहेकोमा अहिले पालिकाहरु तथा प्रदेश सरकारले तयार पारेको क्वारेन्टाईनमा १ हजार ४ सय ४३ तथा होम क्वारेन्टाईनमा ४ हजार १७ जना पुगेको सचिव डा.घिमिरेले जानकारी दिनु भयो । खोज तलासमा जिल्ला जिल्लामा स्वास्थ्य कर्मी परिचालन भएपछि यसको संख्या बढेर गएको उहाँले जानकारी दिनु भयो ।

यसैगरी, प्रदेश नंं २ मा हालसम्म २ हजार २ सय १८ पि सि आर तथा ४ हजार ९ सय १४ जनाको आर डिटी परीक्षण गर्ने कामकाज सम्पन्न भएको छ । पि सि आर गर्दा हालसम्म १२ जना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button