तपाईँ सुन्दै हुनुहुन्छः

दुल्लूमा नियमित खोप शुरु

दुल्लु । लकडाउन कारण रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आजदेखि दुल्लू नगरपालिकामा सञ्चालन गरिएको छ ।

दुल्लु नगरपालिका अन्तर्गत रहेका ४२ वडा खोप केन्द्रहरुबाट त्यस क्षेत्रका सबै बालबालिकालाई खोप लगाइने जिल्ला अस्पताल दैलेखका जनस्वास्थ्य अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

नवजात शिशु जन्मेदेखि १५ महिना नपुगुन्जेलसम्म लगाइने खोपअन्तर्गत छुटेका खोपहरु लगाइने छ । जिल्लामा ११ स्थानीय तह रहेको भए पनि अन्य १० तहमा अर्को महिनाको पहिलो सातादेखि खोप कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

नियमित रूपमा लगाउने खोपहरु लकडाउनका कारण त्यस क्षेत्रका हजारौँ बालबालिका खोप लगाउनबाट वन्चित भए पनि आजदेखि त्यो पूरा हुने उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button