तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारकर्मीहरुलाई एप्रोन वितरण

निरोज कोइराला, भोजपुर । लकडाउनका बेला समाचार संकलन गर्ने क्रममा सहजता प्रदान गर्न जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई एप्रोन वितरण गरिएको छ ।

टेम्के मैयुङ गाउँपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरलाई प्राप्त एप्रोन आज जिल्लाका सञ्चारकर्मीलाई हस्तान्तरण गरिएको हो । कार्यक्षेत्रमा खटिन सहजता होस् भनेर गाउँपालिकाले २५ थान एप्रोन सहयोग गरेको नेपाल पत्रकार महासंघ भोजपुरका सचिव बुद्ध तामाङले बताउनुभयो ।

कोरोना संक्रमणका कारण कार्यक्षेत्रमा सहज रुपमा जान समस्या भैरहेको अवस्थामा एप्रोनले समाचार संकलनमा सहजता हुने पत्रकार राजन समिपले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button