तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर बैतडीमा एक युवक घाइते

फाइल तस्बिर

बैतडी । चट्याङ लागेर बैतडीमा एक युवक घाइते भएका छन् । घाइते हुनेमा दोगडाकेदार गाउँपालिका–६ सित्तडका ३० बर्षीय गणेश दत्त जोशी रहेका छन् ।

शनिबार राति परेको चट्याङबाट  गणेश दत्त जोशी घाइते भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।

उहाँले चट्याङले गणेश दत्त जोशीको स्लेटले छाएको घरको झ्याल र ढोकामा समेत क्षती पुगेको बताउनुभयो ।

यसअघि शुक्रबार बेलुका पनि चट्याङ लागेर डिलाशैनी गाउँपालिका–६ कुय्यादहका तीन जना घाइते भएका थिए । साथै कुय्यादहका १० बढी घरमा लगाइएको विद्युत मिटर र विद्युतिय उपकरणमा क्षती पुगेको थियो ।

त्यस्तै पुर्चौडी नगरपालीका–९ तल्लादेहीका एक स्थानीय बासिन्दाको घरमा परेको चट्याङले तीन पशुचौपाया मरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button