तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राईद्धारा कोरोना संक्रमित क्षेत्र भुल्केको अनुगमण

उदयपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरसबाट कोही पनि बिचलित हुनु नपर्ने बताउनुभएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित कोरोना संक्रमण स्थलको अनुगमण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अनुगमणको क्रममा कोरोना विरुद्धको पहिलो कदममा संक्रमितको उपचार र फराकिलो ढंगले नागरिकको स्वास्थ्य परिक्षण गरिने उहाँको भनाई थियो मुख्यमन्त्री राईले कोरोना नियन्त्रणलाई लकडाउनको पूर्णपालना गरिदिन सबैलाई अनुरोध समेत गर्नुभयो ।

मुख्यमन्त्रीसंगै अनुगमनमा आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र परेकाले सुरक्षा व्यवस्था थप कडाइका लागि सुरक्षाकर्मी थप र स्रोत साधनको उपलब्धता गराउदै आएको बताउनुभयो । त्यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर देशकै सबैभन्दा बढि प्रभावित क्षेत्र भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिइने बताउनुभयो ।

उहाँले जिल्ला अस्पताललाई कोरोना अस्पतालको रुपमा विकास गर्नेबारे समेत विशेष छलफल हुदै आएको बताउनुभयो । त्यसको लागि कोरोना अस्पताल बनाउँदा अन्य बिरामीहरुले उपचारमा समस्या वा जोखिम आइपर्ने नपर्ने सोच विचार पुर्याएर निष्कर्षमा पुगिने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button