तपाईँ सुन्दै हुनुहुन्छः

गाँउपालिकाबासीको उद्धार गर्न माग

भोजपुर । लकडाउनका कारण बिभिन्न ठाउँमा समस्यामा परेका भोजपुरको अरुण गाँउपालिकाबासीको तत्काल उद्धार गर्न नेकपा अरुण गाउँपालिका कमिटिले स्थानिय गाउँपालिकासँग माग गरेको छ ।

कोरोना संक्रमण हुन नदिन सरकारले आह्वान गरेको लकडाउनका कारण विभिन्न ठाउँमा विचल्लीमा परेका अरुणवासीको पहिचान गरी तत्काल राहत तथा उद्धारमा सक्रिय बन्न पार्टीले गाउँपालिकालाई आग्रह गरेको हो ।

कोरोनाका कारण गाउँवासीहरु समस्यामा परेकाले उनीहरुलाई राहत र उद्धारमा सक्रिय बन्न गाउँपालिकासँग माग गरेका हौ, नेकपा अरुण गाउँपालिका अध्यक्ष बलभद्र राईले बताउनुभयो ।

जनताहरुले राहतको आश गरेको र स्थानीय सरकार गाउँपालिका भएकाले त्यस तर्फ तत्परता देखाउन गाउँपालिकालाई आग्रह गरिएको उहाँको भनाई छ ।

नेकपा अरुण गाउँपालिका कमिटिले बिज्ञप्ती समेत निकालेर चैत्र ११ देखि जारी लकडाउनका कारण थुप्रै नागरिकहरुको अवस्था दयनीय बन्दै गई रहेको तर्फ गाएँपालिकाको ध्यााकर्षण गराएको कमिटिका सचिव नारायण घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button