तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर बैतडीमा तीन जना घाइते

बैतडी । चट्याङ लागेर बैतडीमा तीन जना घाइते भएका भएका छन् ।  घाइते हुनेहरुका डिलाशैनी गाउँपालिका ६ कुयादहका १८ बर्षीया हेमन्ती लुहार, १८ बर्षीया सुनिता लुहार र ५५ बर्षीया भुरी लुहार रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर उनीहरुको शरिर जलेको छ । घाइते तीनै जनाको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

घाइतेमध्ये हेमन्ती लुहारको अवस्था गम्भीर रहेको वडा न. ६का वडा सदस्य कुमार बिकले बताउनुभयो । घाइते अरुको अवस्था भने, मध्यम रहेको छ ।

शुक्रबार राती करिब ९ः०० बजेतिर परेको चट्याङले किशोरी हेमन्तीको घरसँगै अन्य १२ जनाको घरको मिटरबक्स र बिद्युतीय उपकरणमा क्षती पुगेको स्थानीय प्रकाश लुहारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button