तपाईँ सुन्दै हुनुहुन्छः

धैर्य भएर लकडाउनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह

फाइल तस्बिर

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस नियन्त्रण र रोकथामको तयारी राम्रो रहेकाले धैर्य भएर लकडाउनको पालना गर्न सबैलाई आग्रह गर्नुु भएको छ ।

बिराटनगरस्थित मुुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सञ्चारकर्मीसँग कुुरा गर्नुहुदै मुख्यमन्त्री राइले कोरोना भाइरस संक्रमितको स्थानबाट अन्यत्र सक्रमण फैलिन नदिन चाल्नुु पर्ने सबै प्रयास सरकारले चालिरहेको बताउनुुभयो ।

उहाँले प्रदेश न १ कोरोना भाइरसको उच्च जोखिमा रहेको ठानेर लकडाउन हुुनुु धेरै अघिदेखि नै प्रदेश सरकारले पुुर्व तायारी शुुरु गरेकाले रोगविरुद्ध लड्न अहिले सहज भएको बताउनुुभयो ।

उहाँले उदयपुुरमा बढिमात्रमा संक्रमित फेला परेपछि सो क्षेत्रमा परिक्षणको दायरा अहिले फराकिलो बनाइएको र भुुल्केलगायत उदपुुरलाई अहिले लक गरिएको बताउनुुभयो ।

मुुख्यमन्त्री राईले उदयपुुरको भुुल्के क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा जनप्रतीनिधि परिचालन गरिएको बताउनुुभयो ।

मुुख्यमन्त्री राईले उपचार र उपकरण लगायत सबै प्रकारको तयारी गरिएकाले जतिमात्रामा संक्रमण देखापरे पनि त्यसलाई काबुुमा राख्न प्रदेश सरकार संक्षम रहेको बताउनुुभयो ।

उहाँले प्रदेश १ मा फेला परेका सबै संक्रमितको अवस्था समान्य रहेकाले अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउनुभएको छ ।

मुुख्यमन्त्री राईले प्रदेश न १ का सबै नाका सिल गरेर आवतजावतमा पुुर्ण रुपमा रोक लगाइएको बताउनुुभयो । सिमानाकाका पाँच÷पाँच सय मिटर क्षेत्रमा सुुरक्षा पोष्ट स्थापना गरि २४ सै घन्टा सुुरक्षाकर्मी तैनाथ गरिएको बताउनुुभयो ।

प्रदश सरकारले मोरङ, सुुनसरी तथा झापाजिल्लाको सिमा जोडिएको क्षेत्रमा सात हजार मानिस अट्ने क्वारेन्टाइन निमार्ण गर्नेगरि आवश्यक तयारी शुुरु गरेको पनि उहाँले बताउनुुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button