तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको अवधिभित्र सवारी दुर्घटनामा १६ जनाको मृत्यु

सुनसरी । १ नम्बर प्रदेशमा लकडाउनको अवधिभित्र सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

लकडाउनको उल्लघंन गर्ने ४ हजार २ सय ३५ वटा सवारी साधनलाई कारवाही गरिएको परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । लकडाउन उल्लघंन गर्ने सवारीसाधन मध्ये सबैभन्दा धेरै मोटरसाइकल ३ हजार १४ वटा रहेका छन्

लकडाउन उल्लङ्घन गर्दै सवारी चलाउने प्रदेश नं. १ को १४ जिल्ला मध्ये सबै भन्दा बढी तराईका झापा, मोरङ र सुनसरी रहेको तथा इलाम जिल्लामा एउटा पनि सवारी कारबाहीमा नपरेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button