तपाईँ सुन्दै हुनुहुन्छः

सुनापती गाँउपालिकाले बिरामीलाई घर–घरमा औषधि पुर्याउने

रामेछाप । रामेछाप जिल्ला, सुनापती गाँउपालिकाले देशमा निरन्तर भइरहेको लकडाउनको समयमा आफ्नो पालिका भित्रका विभिन्न रोगका बिरामीहरुलाई घर–घरमा औषधि पुर्याउने व्यवस्था गर्ने भएको छ ।

प्रेसर, सुगर, क्यान्सर जस्ता रोगका साथै सबै किसिमको रोगहरुको औषधि पालिकाले वडामार्फत घर–घरमा पु¥याउने व्यवस्था गर्न लागेको हो ।

यसैक्रममा पर्सि मंगलबार पहिलो पटक काठमाडौंबाट पालिकाले औषधि लाने भएको हुँदा भोली सोमबारभित्र आफ्नो वडा कार्यलयमा बिरामीको विवरण, औषधिको नाम र सो औषधि खरीद गर्दा लाग्ने खर्च बुझाई दिनुहुन पालिकाले अनुरोध गरेको छ ।

साथै लकडाउनको समयमा पालिका भित्रका जोकोही काठमाडौं उपत्यका भित्र अथवा गाँउ जाने क्रममा बीच बाटोमा अलपत्र परिरहनु भएको छ र गाँउ जान चाहानुहुन्छ भने आफ्नो वडाका वडाध्यक्ष अथवा पालिकाका प्रमुखलाई सम्पर्क गर्नुहुन पनि पालिकाले अनुरोध गरेको कुरा सुनापती गाँउपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष कमल कुमार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button