तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको जिरी

दोलखा । जिरीलाई त्यतिकै जूरीच भनिएको हैन । प्राकृतिक बनोट र हावापानीले जिरीलाई जूरीच जसरी नै उभ्याएको छ । पहाडहरुको बीचमा तन्किएको जिरी बजारमा बग्ने साना साना नदीले जिरीको सुन्दरतामा कसी लगाउने काम गरेको छ ।

उबेला देखिनै पश्चिमेली सभ्यतासँग हेलिदै अगाडि बढेको जिरीमा सदरमुकाम चरिकोटामा भन्दा आधुनिक फेसन र परिकारहरु पाइने गथ्र्यो । सगरमाथाको प्रवेशद्वार भएकोले पनि पहिला पहिला जिरीमा बिभिन्न देशका नागरिकको उपस्थिति बाक्लै हुने गरेको थियो ।

काठमाडौँबाट चरिकोट हँुदै पैदल सगरमाथा आरोहणको लागि पुग्ने आरोहीहरु प्रवेशद्वार जिरीमा एक दुई रात रमाउँदै गन्तव्य तिर लम्कन्थे । जिरीका चौर र बाटोका दायाँ बायाँ पाल टाँगेर बस्ने पर्यटकहरुसंग गफिन र चक्लेट खान बजारभरीका केटाकेटी झुम्मिदा वातावरणनै रमाइलो हुन्थ्यो ।

तर यातायातको बिस्तारसँगै जिरीको चहलपहल बिस्तार घटेको अनुभव स्थानीयको छ र विश्वब्यापी फैलिएको कोरोनाको महामारीले जिरीको चहलपहल घटेकोमात्र हैन बजार सुनसान र नयाँ मानिस देखिदा पनि तर्सनुपर्ने बनाई दिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव रिजाल बताउनुहुन्छ ।

सरकारले घोषणा गरेको लक डाउनलाई पूर्णरुपमा पालना गरिरहेको जिरीले विगतलाई फर्काउन पर्यटनलाई प्रमुख प्राथामीकता दिनुपर्ने भएकोले लकडाउनको अवधिमा पनि आन्तरिक रुपमा सोही अनुसार योजना बनाउनमै ब्यस्त रहेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेल बताउनुहुन्छ ।

केटाकेटीमा म आफैपनि विदेशी आउदा रमाउदै उनीहरुसँग गफिन पुग्थे नगरप्रमुख जिरेल भन्नुहुन्छ – तर अहिले कोरोना महामारीका कारण विदेशी देख्दैमा तर्सनु पर्ने अवस्था भएको छ । कोरोना महामारीबाट विजयी प्राप्त भएपछि जिरीको आर्थिक विकासको लागि फेरिपनि उनै देशी विदेशी पर्यटकलाई भित्राउनुको विकल्प नभएको नगरप्रमुख जिरेलको भनाई छ ।

कोरोनाको संक्रमणबाट जिरीलाई बचाउन हामीले लकडाउनको पूर्ण पालना गर्दै प्रवेश नाका बन्द गरेका छौ, अत्यावशेक कामले जिरी प्रवेश गर्नेलाई पनि जरो नापेर हात धुनलगाएरमात्र प्रवेश गराएका छौ, सम्भावित संक्रमणलाई मध्यनजर गर्दै क्वारिन्टाइन र आईसोलेसन निर्माणदेखि एम्बुलेन्सको तयारी र स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रवन्ध मिलाएका छौँ – नगरप्रमुख जिरेलले भन्नुभयो ।

योसँगै जिरी नगरपालिकामा पुनः विदेशीहरुलाई भित्राउन र पर्यटन विकास गर्न नगरभित्र निर्माण भएका गुराँस पार्क, स्टोन पार्क, बुद्ध पार्क, च्र्योदोङ, हनुमन्ते डाँडा, लौती झरना, पाँचपोखरी, जटापोखरी, जिरेश्वर महादेव, रामभोले कालीदेवी जस्ता पर्यटकीय स्थलहरुको व्यवस्थापन र विस्तारको योजना बनाई रहेको नगरप्रमुख जिरेल बताउनुहुन्छ ।

जिरीको पर्यटकीय विकासको मुख्य आधार लामोसाँगु जिरी सडक स्तरोन्नतीको काममा भएको ढिलासुस्तीले समेत समस्या निम्ताएको नगरप्रमुख जिरेलको भनाई छ ।

जिरीको लाईफलाईन मानिएको लामोसाँगु जिरी सडकको काम लकडाउनको समयमा समेत नरोकीयोस् भनेर सरकारको निर्देशन उलंघन नहुने गरी स्थानिय स्तरमा उपलब्ध स्रोत साधनले मिल्ने र स्थानीय तथा कोरोना महामारी भन्दा अघिनै भित्रिएका कामदारहरुलाई प्रयोग गरेर काम गर्न दिईएको नगरप्रमुख जिरेल बताउनुहुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button