तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा दुई सय ७३ जनाको र्यापिड टेष्ट : सबैको रिर्पोट नेगेटिभ

सल्यान । सल्यानमा भारत र तेस्रो देशबाट आएका दुई सय ७३ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट रिर्पोट नेगेटिभ आएको छ ।

जिल्लाका तीन स्थानीय तहमा गरिएको आरडिटी टेष्टमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

पहिलो चरणमा दार्मा गाउँपालिकाका दुई सय १०, कपुरकोट गाउँपालिकामा ४७ र त्रिवेणी गाउँपालिकाका १६ जनाको टेष्ट गरिएको थियो । टेष्ट गरिएका सबैको रिर्पोट नेगेटिभ नै रहेको स्वास्थ्य प्रमुख डा. अर्जुन बुढाले बताउनुभयो ।

तेस्रो मुुलुकबाट आएका व्यक्तिको स्वाब र भारत तथा अन्तर जिल्ला गएका त्यसमा पनि कोरोनाको शंस्कापद व्यक्तिको आरुडिटी टेष्ट गरिएको उहाँको भनाई छ ।

रोजगारीका लागि भारत, तेस्रो देश र अन्तरजिल्लाका के कति गएका छन् भन्ने स्थानीय तहले एकिन तथ्यांक निकाल्न नसके पनि हालसम्म झन्डै सात हजार जिल्ला भित्रिएको पाइएको छ ।

अहिले त्रिवेणी गाउँपालिकामा २२ जना क्वारेनटाइनमा बसिरहेका छन् । अन्तरजिल्लाबाट आएका व्यक्तिहरु क्वारेनटाइनमा बसिरहेको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button