लकडाउनले गरेको परिवर्तित दैनिकी
सल्यान । लकडाउनको उपयोग गर्दै सल्यानका कर्मचारीहरू सिर्जनात्मक काममा व्यस्त छन् भने विद्यार्थी अध्ययनमा क्रियाशील छन् । लकडाउनले सबैको दैनिकीमा परिवर्तन आएको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी रेशम बस्नेतले कृषि क्षेत्रका विभिन्न अभिलेख तयार गरिरहेको बताउनुभयो । उहाँले लकडाउनको अवधिमा जिल्लाका कृषि क्षेत्रका विभिन्न अभिलेख संकलन तथा व्यवस्थापनमा जुटेको बताबताउनुभयो ।
जिल्ला मालपोत कार्यालयका खरिदार दीपक बुढाथोकीले सामान्य दिनमा बिहान १० देखि दिउँसो ५ बजेसम्म सेवाग्राहीका जग्गा पास र अंशबण्डाका काममा व्यस्त हुने गरेकोमा अहिले किताब पढ्ने र यूट्युबमा गीत सुन्दै आएको सुनाउनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले दैवी प्रकोप, राहत, सुरक्षा, स्वास्थ्य सम्बन्धी खर्चको भुक्तानी सम्बन्धी काममा आफूहरू व्यस्त रहेको बताउनुभयो । ‘कोठामा नै सारा दिन बिताउनुपर्दा नयाँ अनुभव हासिल भइरहेको छ । उहाले भन्नुभयो ।
शिवजन माध्यमिक विद्यालय शीतलपाटीका प्रधानाध्यापक हीरालाल नेपालीले मनमा त्रास भए पनि समयको सदुपयोग गर्न पुस्तक पढ्ने गरेको बताउँदै आगामी नयाँ शैक्षिक सत्रका लागि गुणस्तरीय शिक्षासम्बन्धी योजना पनि तयार गरिरहेको बताउनुभयो ।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण भण्डारीले बन्दको सदुपयोग गर्दै सल्यानको साहित्यिक इतिहास परिमार्जन र लोक साहित्यका बारेमा लेख लेखिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्