तपाईँ सुन्दै हुनुहुन्छः

सहिद कप क्रिकेट प्रतियोगितामा कर्णाली र कोशी विजयी

जनकपुरधाम । जनकपुरधाममा जारी अन्तर प्रदेश सहिद कप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलमा कर्णाली तथा कोशी प्रदेश विजयी भएका छन् ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजना र मधेश प्रदेश क्रिकेट संघ एवं सहिद कप क्रिकेट कमिटीको संयोजन जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई २२ रनले पराजित गरेको छ ।

मधेश प्रदेशले टस जितेर ब्याटिङका लागि कर्णाली प्रदेशलाई निम्तो दिएकोमा कर्णाली प्रदेशले १९.१ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्यसहित ब्याटिङ गरेको मधेश प्रदेश प्रदेश १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

लगातार दुई खेल हारेको मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

दोस्रो खेलमा गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ विकेटले पराजित गर्‍यो ।

सुरुमा ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ओभरमा ९७ रन बनाएको थियो । ९८ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोशी प्रदेशले १५.५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो ।

कोशी प्रदेशका कप्तान दिपेश कणेल म्यान अफ दि म्याच घोषित भएका थिए । कणेलले ७ हजार ५ सय नगदसहित केएफसिद्वारा प्रदान गरिएको गिफ्ट प्याकेज प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button