कञ्चनपुरमा चितुवाको आक्रमणबाट एक जना घाइते
कञ्चनपुर । चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक जना घाइते हुनु भएको छ ।
महाकाली नगरपालिका वडा नम्बर ३ शिवनगर टोलका ४२ बर्षीय माधव भट्टलाई गाउँ पसेको चितुवाले आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितुवा खेतबारीमा पसेको र त्यसै क्रममा गहुँबारी रेखदेख गर्न खेतमा पुगेका भट्टलाई चितुवाले आक्रमण गरेको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।
घाइते भट्टको महाकाली अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्