कैलालीको धनगढीबाट २२ लाखसहित जुवाडे पक्राउ
धनगढी । कैलालीको धनगढीबाट प्रहरीले २२ लाख ८२ हजार रकमसहित पक्राउ परेका १६ जना जुवाडेलाई आज सर्वजनिक गरेको छ ।
प्रहरीले प्रेस रिलिजमार्फत बरामद रक सहित जुवाडेहरुलाई सार्वजनिक गरेको हो ।
कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बिशेष सूचनाका आधारमा गयराती जुवाडेलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाले पक्राउ परेका जुवाडेबाट २२ लाख ८२ हजार नगद बरामद गरिएको बताउनुभयो ।
धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा जुवातास भइरहेको सूचना पाएको प्रहरी टोलीले जुवाघरलाई घेरा हालेर जुवाडेलाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र पक्राउ परेका माथी जुवातास ऐन अन्र्तगत कार्वाही प्रक्रिया अघि बढाइने छ ।
प्रतिक्रिया राख्नुहोस्