तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाहरुलाई जिम्मेवार व्यक्ति बनाउन बालबलिकाको क्षेत्रमा काम गर्ने सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

आज राष्ट्रपति भवन शितल निवासमा आयोजित बालबालिकासँग राष्ट्रपति कार्यक्रममा राष्ट्रपति भण्डारीले आजका वालकालिका नै भोलीका जिम्मेवार व्यक्ति बन्न सक्ने उल्लेख गर्दै बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा लगानी गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरु, विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरु र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

माघी तथा मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा बाल मन्दिरका बालबालिकाहरुले राष्ट्रपति भवनको अवलोक गर्नुका साथै विभिन्न नृत्य, गीत र बासुरी बाधन प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन पछि राष्ट्रपति भण्डारीले बालबालिकालाई उपहारस्वरुप बाल पुस्तकहरु प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button