तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा टयाक्टरको ठक्करबाट दुई जनाको मृत्यु

बीरगंज । रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।

ना ५ त ७३४५ नम्बरको टयाक्टरले ना ३८ प ५१५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाइकलका चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी बस्ने सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय गम्भिर घाइते भएकोमा सुरेन्द्रको जिल्ला अस्पताल गौरमा र राजेन्द्रको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिव्रगतिमा रहेको ट्रयाक्टरले अचानक ब्रेक लगाउँदा ट्रयाक्टर समेत पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय मौलापुरले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ट्रयाक्टर चालकले अत्याधिक मदिरा सेवन गरेको कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button