तपाईँ सुन्दै हुनुहुन्छः

अझै चिसो बढ्ने भएकाले सतर्क रहन अनुरोध

काठमाडौँ । पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा आज हल्का हिमपातसँगै देशैभर फेरि चिसो बढेको छ ।

भारतको जम्मु–कश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली हिजो राति नेपाल प्रवेश गरेसँगै मौसममा फेरि परिवर्तन देखिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले हिजो नै विशेष बुलेटिन जारी गर्दै यो प्रणाली भोलि बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपात हुनसक्ने जनाएको छ ।

साथै भोलि र पर्सि बिहिबार पश्चिमका धेरै स्थानमा र मध्य तथा पूर्वका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत देखाएको छ । साथै वर्षा र हिमपात शुक्रवार समेत हुनसक्ने उल्लेख छ ।

देशैभरी बदली भई तापक्रममा गिरावट आई चिसो बढ्ने भएकोले चिसोबाट जोगिन सतर्कता कायम राखिरहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button