तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामै दोस्रो शक्तिका रुपमा देखापरेको छ: मन्त्री बाँस्कोटा

कञ्चनपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उहाँले खेलकुद क्षेत्रका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उद्घाटन गर्नुहुँदै । तस्बीरः शेरबहादुर सिंह÷रासस

मन्त्री बाँस्कोटाले सुन्दर सुदूरपश्चिममा मनोरम पर्यटकीय क्षेत्रहरु रहेकाले यसको अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिदैं कृषि, पर्यटन र जडीबुटीको भण्डारका रुपमा रहेको सुदूरपश्चिम क्षेत्रको समृद्धि यसबाटै हुन सक्ने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाह्रसिङ्गा, सैपाल हिमाल, खप्तड लगायतका पर्यटकीय क्षेत्र सुदूरपश्चिम क्षेत्रमा नै पर्दछन् । “पर्यटकलाई यहाँसम्म पु¥याउनका लागि भौतिक पूर्वाधारसँगै सहज रुपमा घुम्ने वातावरण कायम गरिनुपर्छ”, उहाँले भन्नुभयो, “ऋषिमुनिहरुको चिन्तनको थलो र जडीबुटीको खानी खप्तडको विकास गरिनुपर्छ र यसका लागि सरकार प्रतिबद्ध छ ।” रासस

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित जैविक धार्मिक पर्यटन मार्ग हाफ म्याराथन प्रतियोगिताकोे उद्घाटन समारोहमा मन्तव्य राख्नुुहुँदै ।तस्बीरः शेरबहादुर सिंह÷रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button