तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलरको भाउ घट्दा कतारी रियाल र मलेसियन रिँगिटको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्र दिन आज मंगलबार केहि देशको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ४१ पैसा रहेको छ । यो मूल्य सोमबारको तुलनामा ७ पैसा कम हो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ २९ पैसा र बिक्रिदर १५० रुपैयाँ ८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button