२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको बलान विहुल गाउँपालिकाको सबै क्षेत्रमा पुग्यो बिजुली

संजीव बिक्रम शाह २०७६ पुष १४ गते १४:३८

सप्तरी । सप्तरीको वलान विहुल गाउँपालिकाको सबै टोलमा आईतवारदेखि विद्युत पुगेको छ ।

आईतवार वडा नं. २ स्थित दिघियाका करिव एक सय परिवारका लागि विद्युत सञ्चालन गरिएसँगै गाउँपालिकाका सबै टोलमा विद्युत पुगेको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जानकारी दिनुभयो । गाउँपालिकाका २७ हजार जनसंख्याले विद्युतको उपभोग गरिरहेको उहाँको भनाई छ ।

गाउँपालिकाका जम्मा २४ वटा टोल मध्ये दुई वर्ष अघि नै २० वटा टोलमा विद्युत पुर्याइएको थियो।  विद्युत सञ्चालनमा गाउँपालिकाको स्थानीय प्रशासन, विद्युत कार्यालय, सर्वसाधारण र युवा समुहले ठुलो सहयोग गरेको अध्यक्ष गोईतले जानकारी दिनुभयो ।

विद्युत पुगेपछि गाँउको स्थानीयहरु खुसी भएको छ ।

सम्बन्धित