तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी विधेयक संसदबाट पास हुन्छ : मन्त्री बास्कोटा

धनगढी । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मिडियालाई बैभवशाली बन्नका लागि सरकारले प्रवन्ध गरेको बताउनुभएको छ ।
आज कैलालीको मोतीपरमा लम्की एफएमको उद्घाटन गर्नुहुदै  मन्त्री बास्कोटाले देश, जनता, परिवर्तन, न्यायप्रति मिडिया उत्तरदायी हुनुपर्ने   बताउनभयो ।

मन्त्री बोस्कोटाले विज्ञापन कनुनले सवैलाई संरक्षण र सुरक्षित गर्छ भनुहुदै  मिडिया नभई मिडिया मालिक आफुसग  रिसाएको बताउनुभयो ।
मन्त्री बास्कोटाले सरकार सुखी , समृद्धि, सुशासनका लागि प्रत्यनशिल रहेको र त्यसका लागि सरका दृढ रहेको बताउनुभयो ।उहाले एमसीसी विधेयक संसदबाट पास हुने  सभामुख पद नेकपाले नछोड्ने बताउनुभयो ।उहाले सामाजिक कुरती  रहेको छाउपडी प्रथाको अन्त्यका लागि साझा अभियान चलाउन जरुरी रहेको बताउनुभयो ।

मन्त्री बास्कोटाले भष्ट्रचार, आर्थिक अनिमियतता गर्न कसैलाई छुट नभएको उल्लेख गर्दै त्यस्तालाई सरकारले नछोड्ने बताउनुभयो ।
कार्यक्रममा सासंद दामोदर भण्डारी, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकी लगायतले बोल्नुभएको  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button